काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा सर्भरको समस्या आएको जनाएको छ। विभागका निर्देशक खिमानन्द शर्माका अनुसार ४ दिनयता समस्या बढेर सर्भरले काम गरेको छैन।
‘समस्या बेलाबेलामा आइरहन्थ्यो। केहीदिन यता समस्या अलि बढि भयो। आज झन समस्या देखियो,’ शर्माले नेपालखबरसँग भने, ‘सर्भरले राम्रो पर्फर्मेन्स त नदिएको धेरै नै भयो। यसपटक समस्या पनि लामो भयो। कतै एक ठाउँमा समस्या आउँदा सबै ठाउँमा काम नहुने भइदियो। हाम्रो प्राविधिक साथीहरू यसलाई समाधान गर्न लागिरहनु भएको छ।’
उता यातायात व्यवस्था विभागले त सार्वजनिक सूचना नै जारी गरेर सवारी चालक अनुपत्रसमबन्धी कामकाज अनिश्चितकालीन रुपमा ठप्प भएको जानकारी गराएको छ। सवारी चालक अनुमतिपत्रको प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएको विभागको सूचनामा उल्लेख छ।
‘असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ’ विभागद्वारा सार्वजनिक सूचनामा उल्लेख छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend