Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कानुन बनाउँदा माटोलाई सुहाउँदो बनाउनुपर्छ: प्रभु साह


    शुक्रबार, असार २० २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रूपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए ।

    संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ ।
    साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार