उनले मन्त्री चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको समेत बताएकी छन् । पावर टिलर वितरणमा चलखेल गरेको आरोप लागेपछि बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका थिए । त्यसबारे टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले नाउपा संघ, प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताएकी छन् ।
‘नागरिक उन्मुक्ति पार्टी आज देशको चारवटै तहस संघीय संसद (४ जना सांसद), मधेश प्रदेश (१ जना सांसद), लुम्बिनी प्रदेश (४ जना सांसद), सुदूरपश्चिम प्रदेश (७ जना सांसद) मा जननिर्वाचित हैसियतमा प्रतिनिधित्व गरिरहेको छ’ उनले भनेकी छन्, ‘यो उपस्थिति केवल सांसदहरूको संख्यामा सीमित छैन । यो जनताको भरोसा, संविधानप्रति हाम्रो निष्ठा, र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व हो ।’
उनले पार्टीभित्र छलफल र पार्टी संरक्षक रेशम चौधरीको दृढ मार्गदर्शन अनुसार अब नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको बताइन् ।
उनले भनेकी छन्, ‘यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो । हाम्रो सांसदहरू पार्टीको इज्जत हुन् । उनीहरूको बेइज्जती पार्टीको बेइज्जती हो । पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन हो । अब पार्टी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend