Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाउपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै, सरकारबारे निर्णय गर्ने


    शुक्रबार, असार २० २०८२
    710
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाको आकस्मिक बैठक बस्न लागेको हो ।

    अहिले बिहान १० बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकले सरकारबारे निर्णय गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बिहीबार नै संघ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेकी छन् । सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोहीअनुसार तयारी गरेको हो । तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन ।’

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा भने पर्ने अवस्था छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार