Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानमा दुई हप्ताभित्र ९ सय भन्दा बढी पटक भूकम्प


    बिहिबार, असार १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई हप्तामा जापानको दुर्गम र कम जनसङ्ख्या भएका टापुमा ९ सय भन्दा बढी पटक भूकम्पको धक्का महसुस गरिएको छ । यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन् ।

    बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन् ।

    भूकम्प कारण कुनै मानवीय अन्य भौतीक क्षति भने नभएको जनाइएको छ । जापान विश्वकै सबैभन्दा धेरै भूकम्प जाने देश हो । पटक पटकको भूकम्पका कारण रातको समय निदाउन त्यहाँका नागरीहरूलाई गाह्रो भइरहेको छ । जापानमा यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जान्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार