राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही(३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुने उनले बताए। त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममुखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
त्यस्तै बैठकले असोजका मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भाद्रको दोस्रो साता बस्ने श्रेष्ठले उल्लेख गरेका छन्।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend