Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक ९.१४ अङ्कले बढ्यो


    बिहिबार, असार १९ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ । नेप्से परिसूचक साढे २ महिनापछि २७०० विन्दुमाथि बन्द भएको हो । यस अघि गत वैशाख ७ गते नेप्से २७०० विन्दुमाथि बन्द भएको थियो ।

    बिहीबार नेप्से परिसूचक ९.१४ अङ्क बढेर २७०३.९६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अङ्क बढेको छ ।

    नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । बुधवार ९ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको ९६ हजार ४११ पटकको कारोबारमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ४९ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार