Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गर्ने ४ जनाविरूद्ध मुद्दा


    बिहिबार, असार १९ २०८२
    930
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

    डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यहाँ हालसम्म पनि सञ्चालनमा नरहेको, त्यही क्षेत्रका साविक वडामा श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।

    शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण सङ्कलनबाट उक्त विद्यालय काल्पनिक रहेको प्रमाणित भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    सोही काल्पनिक विद्यालयको नाममा उपभोक्ता समिति गठन गरी निर्माण खर्च देखाएर तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी योजना लागू गरेको आयोगको दाबी छ।

    चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार