Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात


    बिहिबार, असार १९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गर्न लागिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर जाँचपासका लागि आइपुगेको जानकारी दिए ।

    तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापाले माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर ल्याएको बताए ।

    हेलिकप्टर बाइ रोड कन्टेनरमा ल्याइएको हो। हिजो हाम्रो सिमानामा छिरेको हो,’ उनले भने । उनले भन्सार प्रक्रिया पूरा गरेपछि एक–दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए। उक्त हेलिकप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने बताइएको छ ।

    आयतकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले उनले बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताए ।

    भुसालका अनुसार उक्त हेलिकप्टर एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर भएको बताइएको छ । चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार