काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट सामान वा सेवाको कारोबार गर्ने व्यवसायीहरूलाई व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। विभागले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गर्न भनेको हो।
यसअघि अनलाइनबाट मात्रै व्यापार गर्नेहरूका लागि कानुनी व्यवस्था गरिएको थिएन। सूचना प्रविधिको प्रयोग गरेर हुने किनबेचलाई नियमन गर्न र उपभोक्ताको हित सुरक्षित राख्नका लागि सरकारले ‘विद्युतीय व्यापार (इ(कमर्स) ऐन २०८१’ लागु गरेको छ।
यो ऐन २०८२ वैशाख २ गतेदेखि नै लागु भइसकेको छ। ऐनले दर्तामा आउनका लागि तीन महिनाको समय दिएको थियो, जुन साउन २ गतेसम्मको समय हो।
पहिलेदेखि नै अनलाइन व्यापार गरिरहेका व्यवसायीहरूले २०८२ साउन २ गतेभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा सूचीकृत हुनु पर्ने विभागका महानिर्देशक कुमार दाहालले बताए।
नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूले भने अब अनिवार्य रूपमा विभागमा दर्ता गरेर मात्र आफ्नो कारोबार सुरू गर्न पाउनेछन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend