Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा ज्वाइँले चक्कु प्रहार गरी ससुराको हत्या


    बुधबार, असार १८ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधा । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो ।

    विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।

    ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएक पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    मृतक बासुदेव जनकपुरधाम उपमहानगरपाकिलाका मेयर मनोज साहका आफ्नै काका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार