रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन् ।
जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए ।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ ।
डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
श्रीमानरश्रीमतीका बीचमा यसअघि पनि पटक–पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend