काठमाडौँ । प्रतिनिधि सभामा आफूलाई दुई तिहाई चाहिएकाले विघटन गरेर नयाँ जनमत माग्न लागेको भन्ने कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दिएको जवाफ विघटनको औचित्य पुष्टि गर्न पर्याप्त र सार्वजनिक हितमा नभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् ।
उनले प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको पनि तर्क गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको नवौं दिनको निरन्तर सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गरी जनमत त्यो पनि दुई तिहाई भन्दै हिँड्ने विशेषाधिकार नरहेको बताए । ‘प्रधानमन्त्रीले जहिल्यै भन्यो त्यतिबेला निर्वाचन हुने हो र ? जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान् ?,’ निर्वाचन आफैंमा कानुन रहेको भन्दै उनले थपे, ‘आफ्नो फाइदाका लागि नभएको अधिकारमा जाने होइन ।’
प्रतिनिधिसभाको विघटन ५ वर्षमा संवैधानिक रूपमा नियमित हुने संविधानमा व्यस्था भएको भन्दै थापाले त्यसअगाडि प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्रै हुने व्यवस्था रहेको दोहोर्याए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend