काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामती सेवा विधेयकमा कहाँबाट चलखेल भएको हो भन्नेबारे गम्भीर रूपमा छानबिन हुनुपर्ने बताएका छन्।
मंगलबार माओवादीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले निजामती विधेयकमा चलखेल गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताएका हुन्।
‘संघीय निजामती सेवा ऐन राज्य व्यवस्था समितिबाट जसरी पारित भयो, सदनमा जाँदा कहीँ न कहीँ कसै न कसैले चलखेल गरेको र कहीँ न कहीँ सचेत रूपले कसैले चलखेल गरेको देखिएको छ, त्यसबारेमा गम्भीर रूपले छानबिन हुनुपर्छ र कारबाही गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘समितिको निर्णय प्रक्रिया र त्यो निर्णयलाई फुल हाउसमा पुर्याउने क्रममा कहीँ न कहीँ, किनभने कर्मचारीतन्त्रभित्र एउटा पक्ष निजामती ऐन यो रूपमा नआओस् भन्ने चाहन्थ्यो, कहीँ त्यहीँ चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ तर अहिले मैले कसैलाई ताकेर आरोप लगाउने स्थिति छैन।’
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति गरे पनि हालै प्रतिनिधि सभाबाट पारित हुँदा निजामती विधेयकमा हेरफेर भएर आएको थियो।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend