काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले एमाले बाहेकको चुनावी गठबन्धन गर्न पार्टी तयार हुनुपर्ने बताएकी छन् ।संग्रौलाले काँग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले भएको हुँदा आवश्यक परे अन्य दलसँग चुनावी गठबन्धन बनाउनुपर्ने बताएकी हुन् ।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संग्रौलाले भनिन्,‘आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिद्वन्द्वी भएकाले यदि आवश्यक परे एमाले बाहेकको गठबन्धन बनाउन पनि हामी सक्रिय हुनुपर्छ ।’
वर्तमान गठबन्धन सरकारमा काँग्रेसको उपस्थिति प्रभावकारी हुन नसकेको बताउँदै संग्रौलाले काँग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको टिप्पणी गरिन् ।
उनले भनिन्,‘सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ । केही नेताहरू सधैँ मन्त्री हुने भ्रममा छन्, जुन गलत हो । मेरो प्रस्ताव सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन पार्टीले स्पष्ट रणनीति बनाउनुपर्छ ।’
सांगठनिक विशेष अभियानका लागि १ असोजदेखि धनकुटामा केन्द्रीय प्रतिनिधि बनेकी संग्रौलाले जिल्लामा पार्टीको वस्तुगत अवस्था जानकारी गराएकी हुन् । उनले पार्टीभित्र आन्तरिक मनमुटाब तल्लो तहसम्म पुगेको बताइन् ।
बोल्दै संग्रौलाले आन्तरिक मनमुटाब र गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, नेता–कार्यकर्ता र जनप्रतिनिधिबीच दूरी बढेको लगायतका आन्तरिक समस्या प्रस्तुत गरेकी छन् । विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुने व्यवस्थालाई कडाइका साथ लागु गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्,‘ सभापतिज्यूले महाधिवेशन तोकिएको समयमै हुने भन्नुभएको छ । तर, मंसिरमा हुने सम्भावना कम देखिन्छ ।’ संग्रौलाले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्न समेत माग गरिन् । नेविसंघ, तरुण दल, र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेकोप्रति नेतृत्वको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्,‘महाधिवेशन निर्देशन समितिको भूमिका पनि प्रभावकारी देखिएन। मेरो सुझाव: भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल स्पष्ट कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ। यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend