Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलिङ पिरियड व्यवस्था हेरफेरमा संलग्नलाई कारबाही गर्न कांग्रेस सांसद मिश्रको माग


    मंगलबार, असार १७ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

    राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो माग गरेका हुन्। उनले प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमा बुँदा नै थपघट हुनु आपत्तिजनक रहेको बताए।

    कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मत भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरिएको छ। यसको चौतर्फी आलोचना भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार