काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ ।
जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुधारका लागि नीतिगत डिपार्चर अपरिहार्य रहेको उल्लेख गर्दै यसो भएमा मात्रै देशको विकास हुने बताइन् । उनले आवश्यकता र औचित्यका आधार आयोजना छनौट गरी पर्याप्त बजेट विनियोजन गरेर कार्यान्वयन संयन्त्रकासाथ अगाडि बढ्न सकेको खण्डमा समानुपातिक विकास हुने विश्वास व्यक्त गरिन् ।
सांसद राधेश्याम पासवानले बजेटको स्रोत व्यवस्थापन र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । बैठकको कार्यसूची अनुसार आज राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यकाल, राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयसहित ११ शीर्षकमाथि छलफल हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend