काठमाडौं । मंगलबार बिहान भारत प्रयागराजबाट बेंगलुरु उड्नै लागेको इन्डिगोको ६ई-६०३६ नम्बरको विमान अचानक रोकिएको छ।यात्रुहरूका अनुसार, विमानमा पेट्रोलजस्तो गन्ध आएपछि उडान तुरुन्तै रोकिएको हो।
यात्रु एनएलएसआईयू बैंगलोरका एक विद्यार्थीका अनुसार विमानमा चढेको धेरै समयसम्म पनि उडान भएन भने यात्रुहरूलाई सुरक्षा जाँच भइरहेको र कुनै खतरा नभएको जानकारी दिइयो।
यस क्रममा केही यात्रुले क्याबिनमा पेट्रोलजस्तो गन्ध आएको गुनासो गरे। त्यसपछि पाइलटले प्राविधिक कारण उडान ढिलो भइरहेको घोषणा गरे।
यसैबीच ४(५ जना एयरलाइन्स कर्मचारी ककपिटमा गए र पाइलटसँग छलफल गरेपछि सबै यात्रु आफ्नो सामान लिएर बाहिर निस्कनुपर्ने निर्णय गरियो। अनि केही समयपछि उडान रद्द गर्ने औपचारिक घोषणा गरियो।
इन्डिगोका कर्मचारीहरूका अनुसार दिल्ली, मुम्बई, वाराणसी र लखनऊजस्ता नजिकैका सहरहरूबाट वैकल्पिक विमानको व्यवस्था गरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend