Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने विरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी


    सोमबार, असार १६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्ने विरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

    सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् ।

    केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् ।

    यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार