काठमाडौँ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सशस्त्र प्रहरी बलको नाम फेरेर मात्र संसदबाट विधेयक पारित गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । उनले सशस्त्र बल नेपाल राखेर प्रहरी शब्द हटाउन सुझाव दिएका हुन् ।
सांसद बजगाईँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमाथि सुझाव दिँदै नेपाल सशस्त्र बल राखेर प्रहरीको कामलाई डुप्लिकेशन हुनबाट रोक्नुपर्ने बताएका छन् । उनले सशस्त्र बलको काम नेपाल प्रहरीबाट फरक राखिनुपर्ने बताए ।
बजगाईँले विधेयकको प्रस्तावनमा नेपाल प्रहरीको ऐतिहासिक पृष्ठभूमि, यसको मूलमन्त्र सत्य सेवा सुरक्षणम र गौरवपूर्ण सान जय नेपाललाई उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले विधेयक मस्यौदा चरणमै सांसदहरूलाई संलग्न गराउन समेत माग गरेका छन् । सांसदको काम कानून बनाउने भए पनि उनीहरूलाई अरुले मस्यौदा गरेको लेखोट पढ्ने भूमिकामा मात्र सीमित गरिएको उनको आरोप छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend