काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक ९.१९ अङ्क बढेर २६३१.४८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अङ्क बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३१८ स्टकको ६३ हजार ३७१ पटकको कारोबारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्यसर्वाधिक ४.९२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी,सानिमा माइ हाइड्रोपावरको करिब साढे ३१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ३० करोड नाघेको छ ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend