Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बागमती प्रदेश सभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने


    सोमबार, असार १६ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

    आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्नेछ । यसअघि असार १२ गतेका लागि तय गरिएको बैठक सत्ता साझेदार दलका सांसदहरूले नै विरोध गर्ने भएपछि स्थगित गरिएको थियो। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गतेका लागि सारिएको जानकारी गराएको थियो।

    प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथि छलफल सुरु गरिनेछ । बजेटमाथिको छलफलसँगै संशोधन प्रस्तावहरू समेट्दै बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार