Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाक्टरको लापरबाहीले बालकको मृत्यु, सिरहा प्रादेशिक अस्पतालमा तालाबन्दी


    आइतबार, असार १५ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मुकेशकुमार यादव

    सिरहा । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको मृत्यु भएको छ।

    उपचारका लागि गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो ।

    डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन् ।

    बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत गरेका हुन् ।

    उनीहरुले अस्पताल प्रशासनसँग न्यायको माग गर्दै लामो समयसम्म नाराबाजी गरेका थिए ।

    राजन महरालाई लामो समय देखि ज्वरो लागेर उपचारको लागि अस्पताल पुर्‍याइएको थियो  तर  चिकित्सकले समयमा उचित उपचार नगरेकै कारण महराको मृत्यु भएको परिवारजनको आरोप छ ।

    `समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो,  `मृतकका एक आफन्तले भने, ´ `घण्टौंसम्म डाक्टर नआएपछि हामी आफै भित्र गयौं, त्यतिबेला सम्म बच्चाको अवस्था एकदमै  गम्भीर भइसकेको थियो ।´

    मृतक बालकको शव हाल पनि अस्पतालमै राखिएको छ।

    घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अस्पताल प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार