काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएको खुलेको छ । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा शुक्रबार पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ । अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ । उनी अस्पताल नै भर्ना हुने बिरामी नरहे पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ ।
शुक्रबार बिहान पीडितले नै भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए । त्यसको केही समयमै उनी वृत्त सिंहदबारबाट निस्केका थिए । पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका थिए । आज आइतबार भेटवालमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend