काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले कर्णाली प्रदेश समिति सदस्य रमेश केसीलाई निलम्बन गरेको छ ।
वाईसीएल कर्णाली प्रदेश समितिका अध्यक्ष लक्ष्मण वली र सचिव लोकेन्द्र रानाले विज्ञप्ति जारी गर्दै नाबालिक किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि केसीलाई संगठनबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–४ का ३० वर्षीय केसीलाई प्रहरीले जाजरकोटकी नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गएको बिहीबार नै पक्राउ गरेको थियो । केसी वाईसीएलको चौरजहारी नगर कमिटीका इन्चार्जसमेत हुन् ।
केसीको बलात्कारमा परेकी १७ वर्षीया किशोरीबाट एक वर्षअघि नै शिशुको जन्मसमेत भइसकेको खुलेको छ । केसीले आफूलाई २०७९ सालमा बलात्कार गरेको आरोप किशोरीको छ ।
१७ वर्षको उमेरमा केसीले आफूलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेको आरोप उनले लगाएकी छन् । पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ । छोरीको जन्म भएपछि केसीले ‘सबै खर्च व्यवस्थापन गर्छु, मुद्दा मामिला नगर’ भन्दै रोक्दै आएका थिए ।
तर, पछिल्लो समय उनले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend