Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै


    आइतबार, असार १५ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (बुढानीलकण्ठ) मा बस्नेछ।

    पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने उनले बताए।

    गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो।

    तर यीमध्ये कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन्। सोमबारदेखि हुने कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाका तदर्थ समितिको पदावधि थप्ने वा ती भंग गर्ने, निर्णय गर्नेछ।

    यसका साथै सरकारका कामकारबाही र बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिका विषयमा पनि केन्द्रीय समितिको बैठक छलफल गर्ने तयारी कांग्रेसले गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार