काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि दायर गरिएको भ्रष्टाचार मुद्दा नियोजित राजनीतिक प्रतिशोध भएको निष्कर्ष निकालेको छ ।
आज(शुक्रबार) पार्टी केन्द्रीय कार्यालय, आलोपोखरीमा बसेको सचिवालय बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाइएको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले पार्टी विभाजनपछिको राजनीतिक विद्वेषका कारण अध्यक्ष नेपालमाथि प्रहार गरिएको बताए ।
“हामीले विद्रोह गरेर नयाँ पार्टी जन्माएका हौं। त्यसयता निरन्तर निसानामा पारिएको छ,” उनले भने, “त्यही मानसिकता बोकेका समूहहरूले अध्यक्षमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाएका हुन्।”
उनले पतञ्जली प्रकरणमा अध्यक्ष नेपाल कानुनी लडाइँ लडिरहने बताए । साथै, अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने वा नदिने विषयमा हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट गरे।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गत बुधबार थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend