काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गर्नुभयो ।
सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भन्नुभयो, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उहाँले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताउनुभयो ।
उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताउनुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend