Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • परराष्ट्र मन्त्री राणा आज रोम जाँदै


    शुक्रबार, असार १३ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

    खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ ।

    राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपालका राजदूत तथा संगठनमा नेपालका स्थायी प्रतिनिधि भरतकुमार रेग्मी तथा परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार