Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


    शुक्रबार, असार १३ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

    त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

    त्यसैगरी बिहान साढे ११ बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

    संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेको उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार