काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । संसद विघटनविरुद्ध परेका रिट निवेदनमाथि जारी सुनुवाईअन्तर्गत सोमबारको बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ओलीमाथि कारबाहीको माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार बहसका क्रममा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीलाई लिएर संवैधानिक इजलासको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध बहस गरिरहेका भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतमा बाजे वकिललाई बहस गर्न लागेर के तमासा देखाउन लगिएको हो?’ भनेर व्यङ्ग गरेका थिए ।
सोही विषयलाई लिएर वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार इजलासमा बहस सकिएलगत्तै उठेर इजलासको ध्यानाकर्षण गराएका हुन् ।
‘यो उमेरको मान्छेलाई त्यसरी हेयको दृष्टिकोणले सार्वजनिक बोल्न मिल्छ? श्रीमानहरुले यसमा कारवाही गर्नुपर्यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै इजलासमा सँगै रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले भने । थापाले बहसका क्रममा पनि प्रधानमन्त्री ओलीले गरेको टिप्पणीको विषय उठाएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend