काठमाडौं । जिल्ला अदालत काठमाडौँले टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।
बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो। टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार कसुर (साइबर क्राइम) मा अनुसन्धान गरेको थियो।
उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको थियो।
उनले पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामग्री पोस्ट गरेकी थिइन्। उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेकोमा पनि विरोध गरेकी थिइन्।
यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको पनि आलोचना गरेकी थिइन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend