काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताएका छन् ।
उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस् भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।
उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे । उनले भने, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रूपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।”
उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
सभाको अर्को बैठक यही असार १५ गते आइतबार दिउसो १२ बजेर १५ मिनेटमा बस्नेछ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend