Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • परराष्ट्रमन्त्री राणा इटाली र जर्मनी भ्रमणमा जाँदै


    बिहिबार, असार १२ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् ।

    यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।

    परराष्ट्र मन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औँ सम्मेलन’मा सहभागी हुन इटाली जान लागेकी हुन् ।

    यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार