Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नाप जाँच सुरु


    बिहिबार, असार १२ २०८२
    925
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौँ । कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नाप जाँच कार्य सुरु गरिएको छ ।

    भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर नापीको प्रक्रिया अघि बढाएको हो ।

    अहिलेसम्म कपिलवस्तु नगरपालिका-६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगंगा नगरपालिका–१० र ११, बुद्ध भूमि नगरपालिका-६ र ७, शिवराज नगरपालिका-११ र विजयनगर गाउँपालिका-१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिए ।

    आयोगले गत साता विजयनगर गाउँपालिका-१ को थरौलीमा नापीको काम सञ्चालन गरेको थियो । नापी टोली पुगेपछि स्थानीयले लालपुर्जा पाउने आशा पुनस् जागेको बताएका थिए । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार थरौलिमा पाँच दशकभन्दा बढी समयदेखि सुकुम्वासी बसोबास गर्दै आएका छन् ।

    आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु र टोपबहादुर विकले समयमै नाप जाँच कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार