Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आग्रह


    बिहिबार, असार १२ २०८२
    660
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ।

    निर्वाचनको मिति तोकिसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने भएकाले उपनिर्वाचन हुने क्षेत्रमा नाम दर्ता गराउन आग्रह गरेको हो ।

    ०७९ मा सम्पन्न भएको विभिन्न तहका निर्वाचन पश्चात् विभिन्न कारणले केही पदहरू रिक्त भएका क्षेत्रमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताएका छन्।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग अनुरोध गर्दछ।’

    निर्वाचन आयोगले कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी ओलीसँग यसअघि नै छलफल गरिसकेको छ। प्रतिनिधि सभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२ं) को रिक्त सदस्यको उपचुनावको लागि आयोगले मिति तोक्दै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार