Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी दर्ता


    बिहिबार, असार १२ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ ।

    संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।

    उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिएकी हुन् । को बारे, के उजुरी भन्ने खुलाइएको छैन ।उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ ।

    वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार