Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफूलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै सर्वोच्च पुगे मुकुल ढकाल


    बिहिबार, असार १२ २०८२
    670
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् ।

    ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।

    रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलत: दुईवटा माग राखेको बताए । ‘पार्टीले महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई मनोनयन गरेको छ , ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’ उनले बताए ।

    तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताए ।

    उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार