Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन र पोखरा विमानस्थलको महाप्रबन्धक हेरफेर


    बिहिबार, असार १२ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले यी दुई विमानस्थलका प्रमुख हेरफेर गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा भएका छन् ।

    उनको स्थानमा यसअघि प्राधिकरणका प्रवक्ता समेत रहेका हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    त्यस्तै पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार