Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • पतञ्जलि जग्गा प्रकरण: अख्तियार पक्षको बहस सकियो, माधव नेपाल पक्षका वकिलको सुरु


    बुधबार, असार ११ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा जारी थुनछेक बहसमा सरकारी पक्षका वकिलले बहस सकाएका छन्।

    विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य ३ जना सरकारी वकिलले बहस गरेका थिए।

    सरकारी पक्षले करिब २ घण्टा बहस गरेपछि माधव नेपाल पक्षका वकिलले बहस सुरु गरेका छन्।

    बहसका लागि नेपाल पक्षका ५० जनाले वकालतनामा लेखाएको पनि ८ जनाले मात्रै बहस गर्न पाएका छन्। वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिसकेका छन्। उनीसहित ८ जना वकिलले नेपालको पक्षमा बहस गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार