Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालको थुनछेक बहस: इजलासमा वकिल अटाएनन्, बहस सुन्न प्रांगणमा माइक


    बुधबार, असार ११ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहसमा विशेष अदालतमा चलिरहेको छ ।

    पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लागेका नेपालको बहसको इजलासमा वकिल भरिभराउ भएका छन्। इजलासमा सबै वकिल नअटाएपछि बहस सुन्न विशेष अदालतको प्रागणमा माइक लगाइएको छ।

    विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसका लागि नेपाल पक्षका ५० जनाले वकालतनामा लेखाएको पनि ८ जनाले मात्रै बहस गर्न पाए।

    त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धानको तर्फबाट ४ जना वकिलले बहसमा भाग लिएका छन्। बहस आजै सक्ने अदालतको तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार