Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइराला


    बुधबार, असार ११ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतबाट पैदलयात्रा काठमाडौं आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।

    गत जेठ ४ गतेदेखि यात्रा शुरू गरेर ३१औँ दिनमा असार ३ गते काठमाडौं आइपुगेका बोहराले आज(बुधबार) नेता कोइरालासँग भेट गरेका हुन् ।

    भेटघाटका क्रममा नेता कोइरालाले आफू सुशासन र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को पक्षमा रहेको बताउँँदै बोहराको अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धतासमेत जनाए ।

    बोहराले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार