Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशेष अदालतमा माधव नेपालको बयान सुरू, इजलासमा छन् यी तीन न्यायाधीश


    बुधबार, असार ११ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा सुरू भएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालको बयान न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा सुरू भएको हो ।

    अध्यक्ष नेपालले उपस्थित हुने भनी कानुन व्यवसायीमार्फत मंगलबार निवेदन दिएका थिए । यससँगै आज बुधबार न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासमा बयान सुरू भएको हो । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

    नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार