Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते


    बुधबार, असार ११ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

    मंगलबार राति भैरबी गाउँपालिका-६ तीज डाँडादेखि भैरबी गाउँपालिकातर्फ आउँदै गर्दा ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी नारायण नगरपालिका-१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार घाइते भएका सहचालक भैरबी गाउँपालिका-४ का सुन्दर बिष्टको उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार