Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु


    बुधबार, असार ११ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका १० मा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

    मंगलबार साँझ खेल्ने क्रममा निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका थिए ।

    उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार