काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो ।
जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाएका थिए ।
दोस्रो विकेटका लागि शिवान्स र प्रसिद्वले अविजित ८० रनको साझेदारी गरेका थिए भने जापानका लागि एकमात्र विकेट केइसी काबायाशी डोगेटले लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले ३४।३ ओभरमा ८० रनको योगफल तयार पारेको थियो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गाबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए।
अब नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ । लगातार दोस्रो जितसँगै दुई खेलमा ४ अंक जोडेको नेपाल समूह ए को शीर्ष स्थानमा छ भने पराजित जापानको समान खेलबाट दुई अंकमा सिमित रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएका थिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend