Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एक हजार ७ सय रुपैयाँले घढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, असार १० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलाको एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार बृद्धि भएको थियो। आइतबार तोलामा पाँचसय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ९५ हजार दुईसय रुपैयाँ पुगेको थियो।

    आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १६० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार