Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी क्रिकेटः नेपाल जापानसँग भिड्दै


    मंगलबार, असार १० २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ ।

    लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।

    सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

    नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन् ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो ।

    विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार