Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६१ किलो सुन तस्करी प्रकरण: रिहा भए लगत्तै पक्राउ परिन् अमला रोका


    सोमबार, असार ९ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले रोकालाई आज (सोमबार) २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिए ।

    सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार