Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६१ किलो सुन प्रकरण: अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश


    सोमबार, असार ९ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमार्फत रोकालाई अदालतमा उपस्थित गराएको थियो । थुनछेक बहस सकिएसँगै अदालतले सोमबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

    सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार